रसुवा जिल्लाको संक्षिप्त परिचय 
प्रदेश : वागमती
स्थानीय ह संख्या (गापा) : ५ (पाँच)
वडा संख्या :  २७ (सत्ताईस) 
क्षेत्रफल :  १५५४ ब.कि.मी
अक्षांस :  २८ ०’ देखि २८ १५’ उत्तर
देशान्तर :  ८५ १५’ देखि ८५ ५०’ दक्षिण
जम्मा जनसंख्या (जनगणना २०६८) : ४३३००
पुरुष जनसंख्या :   
महिला जनसंख्या :   
जनघनत्व :  २८.०४
घरपरिवारको संख्या :  ९७७८
जनसंख्या बृदिदर : -०.३३
लैङ्गिक अनुपात :  ९८.४
औषत परिवारक आकार : ४.४३
सबैभन्दा होचो स्थान :  बेत्रावती (६१४ मी)
सबैभन्दा अग्लो स्थान :  लाङटाङ
   
Resource :   

रसुवा जिल्लामा तपाइँलाई हार्दिक स्वागत छ

 

 

नेपालको वागमती प्रदेश अन्तर्गत नुवाकोट, सिन्धुपाल्चोक, धादिङ र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको विविध सम्पदाले भरिपूर्ण भएको जिल्ला हो रसुवा ।

१५१४ बर्गमीटर क्षेत्रफलमा फैलिएको रसुवा हिमाली १६ जिल्लामध्ये क्षेत्रफलको आधारमा सबैभन्दा सानो जिल्ला हो ।
यस जिल्लामा उच्च हिमाली चुचुराहरू पहाडीक्षेत्रको पठार तथा समथर बेसी र टारहरू लगायतका विविध भौगोलिक विशेषताहरू पाउन सकिन्छ।

नेपालीहरूको पवित्र तथा पर्यटकीय स्थलको रूपमा निकै स्थानहरू रहेका छन्। रसुवाको प्रवेश खण्ड बेत्रावती (उत्तरगया धाम) देखि रसुवामा विभिन्न ऐतिहाँसिक, सांस्कृतक, धार्मिक तथा विविधता भएका स्थहरू रहेका छन् ।


नेपालको संविधान २०७२ अनुरूप राज्य पुनर्संरचना भएपछि रसुवालाई ५ गाउँपलिका र २७ वडामा विभाजन गरिएको छ । जसमा आमाछोदिङ्मो, गोसाइँकुण्ड, कालिका, नौकुण्डउत्तगया गाउँपालिकाहरू रसुवामा रहेका छन् । यस अघि रसुवामा १८ वटा गाविसहरू रहेका थिए ।

५ वटा गाउँपालिका र २७ वडामा विभाजन गरिएको छ । जसमा आमाछोदिङ्मो गाउँपालिका, गोसाईकुण्ड गाउँपालिका, कालिका गाउँपालिका, नौकुण्ड गाउँपालिकाउत्तरगया गाउँपालिका रहेका छन् । नौकुण्ड गाउँपालिकागोसाईकुण्ड गाउँपालिका ६/६ वडामा र अरु गाउँपालिका ५/५ वडामा विभाजन भएको छ ।

रसुवा जिल्ला छिमेकी मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वतसँग मितेरी गाँसेर वसेको एक रमणीय जिल्ला हो। भौगोलिक तथा आर्थिक-सामाजिक विविधताको फलस्वरूप यस जिल्लामा विशिष्ट हिमाली जीवनशैलीका बीच रहनसहन भेषभुषा र चालचलनमा तिव्वती संस्कृतिको प्रशस्त प्रभाव परेको देखिन्छ। यस जिल्लाको नामाङ्करण सम्वन्धमा तिब्बती भाषाको "र" "सोवा" शब्दलाई उदृत गरिएको पाइन्छ। "र"को अर्थ भेडा च्याङ्ग्रा र "सोवा"को अर्थ चराउने वा राख्ने ठाउँ भन्ने बुझिन्छ। अर्थात प्रशस्त भेडा च्याङ्ग्रा पाइने स्थान भएकोले "रसोवा" भन्ने गरेको र त्यसको अपभ्रंस भई वोलिचालीको भाषामा रसुवा भन्न थालिएको भनाई रहेको छ।


रसुवा जिल्लाको विस्तृत परिचय, भौगोलिक अवस्था, हावापानी, संस्कृति, घरपरिवार र जनसंख्या सम्बन्धि विवरण, पशुचौपायाको विवरण, खेतीबाली उत्पादन, आयात निर्यात, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका सम्पूर्ण सूचना यहाँबाट प्राप्त गर्नुहोस् । 

 

 


 


Support By :

Media Partners: 

Media Partner 1 Media Partner 2 Media Partner 3 Media Partner 4 Media Partner 5 Media Partner 6

Our Team 

Manager : Prem Prasad Paudel 

Manager : 

Manager : 

Operating 

Kalika Rural Municipality, 05, Rasuwa

 

Copyright (c) RasuwaNepal.Com 2020. All rights reserved. Site Managed By : Template ::::
Designed by mixwebtemplates.com